प्रतिनिधिसभाको बैठक बस्ने भएपछि शीर्ष नेताले कोरोनाविरुद्धको खोप लगाए (तस्बिरसहित)

काठमाडौं । फागुन २३ गते बैठक बस्ने भए पछि प्रतिनिधिसभाका सदस्यहरुले आज कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

फागुन २३ गते दिउँसो ४ बजे बैठक बोलाइएको छ । बैठक आह्वान भएसंगै सांसदहरुले काठमाडौंको नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन् ।

खोप लगाउनेहरुमा नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालसहित सोही समुहका नेता योगेश भट्टराई, सभामुख अग्नि सापकोटा समेत रहेका छन् ।

त्यस्तै नेकपा ओली समुहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठी र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि आज कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

तस्बिरः रासस

 

कमेन्टहरु
Loading...