कांग्रेस सरकारमा जानुपर्छः महामन्त्री कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन् । उनले आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिएका हुन् ।

उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने बताएका छन् । प्रतिनिधिसभाका सदस्य डा.कोइरालाले भने, ‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।’ उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिएका छन् ।

फरक प्रसंगमा महामन्त्री डा.कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन सुरु हुने जनाउँदै अब भने मिति नसर्ने बताएका छन् । रासस

कमेन्टहरु
Loading...