विप्लव समुहसंग सरकारको पहिलो चरणको वार्ता सकियो, वार्ता सकारात्मक भएको भट्टराईको भनाई

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा तथा सरकाबीचको पहिलो चरणको वार्ता सकिएको छ ।

सरकार तथा उक्त समुहको वार्ता टोलीबीच झण्डै ४ घण्टामा पहिलो चरणको औपचारिक वार्ता सकिएको हो । पहिलो चरणको वार्ता सकारात्मक भएको सरकारका तर्फबाट वार्ता टोलीमा सम्मिलित प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् । भट्टराईका अनुसार वार्ता फेरी बस्ने गरेर सकिएको छ ।

सरकासंगको वार्ताका लागि विप्लव समुहका तर्फबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्ड तथा उदयबहादुर चलाउने दीपक हिजो नै कडा सुरक्षाका बीचमा काठमाडौं पुगेका थिए । वार्ता तथा छलफललाई निरन्तरता दिने सहमति भएको छ ।

कमेन्टहरु
Loading...