भारतीय चलचित्र ‘थिरिमाली’मा हिजो साइन गरेः माओत्से

नेपाली रजतपटमा माओत्से गुरुङ अब नयाँ नाम रहेन । थिएटर हुँदै ०५० सालमा भिडियो फिल्मबाट काँचको पर्दामा प्रवेश गरेका गुरुङको कला जीवनमा २६ वर्षपछि नयाँ मोड आएको छ ।

यसअघि नै मोफसलबाट मूलधारको सिनेमामा बलियो उपस्थिति पेश गरेका गुरुङ हाल दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा अभिनय कौशल देखाउने अवसर पाएका छन् । उनै गुरुङसँग ५ प्रश्न :

 

निकै व्यस्त देखिनुहुन्छ ?
– गुरुङ भाषा एवं संस्कृतिमा आधारित फिल्म ‘शिरसुबा’को प्रदर्शनी गर्ने चाँजोपाँजो मिलाउँनु पर्दा अलि व्यस्त नै भइयो ।

 

तपाइले भारतीय फिल्ममा अभिनय गर्ने भन्ने सुनिदैँछ, यो औपचारिक खबर हो ?
हो । मैले दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा अभिनय गर्दैछु । हिजोमात्रै साइन गरे । जसमा म लगायत ३ नेपाली कलाकार छौं ।

 

सन् २०१२ मा बलिउडको फिल्म ‘बर्फी’मा भोलाराज सापकोटापछि अहिले बल्ल ‘ब्रेक थ्रू’ हो ?
– यसबीचमा अन्य कलाकारहरुले पनि काम गर्नु भएको छ । कति फिल्म नेपालमा आएन होला, कति चलेर पनि नोटिस भएन होला ।

तर थुप्रै कलाकार भारतीय सिने उद्योगमा हुनुहुन्छ । चर्चित नै हुन समय लाग्ला । मलाई नै सिरिजमा अफर आएको थियो । यतैको प्रोजेक्टमा व्यस्त भएर गर्न सकिन ।

 

‘थिरिमाली’पछि भारतीय सिने उद्योगले लोभ्याएर उतै संघर्ष गर्न त लाग्नु हुन्न ?
– नो नो, नेभर । म खासमा गुरुङ फिल्ममै रमाउने मान्छे हो । यतै बसेर निर्देशन र अभिनयमा रमाउने मान्छे हुँ । कुन संयोगले काठमाण्डौं पुगियो ।

अहिले अर्काे संयोगले थिरिमालीमा अवसर पाइयो । यद्यपि, गुरुङ चलचित्र मेरो रोजाई र कर्म दुबै हो ।

 

‘थिरिमाली’को पारिश्रमिक पनि तपाइको ज्यानजस्तै होला ?
– हा.हा..हा.., नेपालमा पाइरहेको भन्दा बढी नै हो । ‘ह्यान्डसम’ नै भन्दा ठिक होला ।

प्रस्तुतीः दिपक के श्रेष्ठ

कमेन्टहरु
Loading...