विप्लव समुहका नेता बाबुलाल शाक्यसहित ८५ जना नेकपा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका नेता बाबुलाल शाक्य  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

सोमबार पोखरामा भएको गण्डकी प्रदेश स्तरीय भेलामा,नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री राम बहादुर थापा बादल,  नेकपा स्थायी कमिटी सदस्य समेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलले नेता शाक्य , सन्तोष परियार सहित ८५ जना लाई पार्टी प्रवेश गराएका हुन् ।

नेता शाक्य नेकपा एमाले निकट रहेका उनी २०५८ सालदेखी माओवादी युद्धमा समाहित हुदै पछिल्लो समय विप्लव समूहमा सक्रिय थिए । विप्लव समूहका बागलुङ विशेष जिल्ला कमिटी सदस्य समेत रहेका शाक्य केहीसमय अघि पक्राउ परेका थिए । पक्राउपछि जिल्ला अदालत बागलुङले रिहाइको आदेश दिएको थियो ।

यस्तै कार्यक्रममा कांग्रेस जनता समाजवादी पार्टी परित्याग गर्दै करिब एक दर्जनले नेकपा प्रवेश गरेका थिए ।

कमेन्टहरु
Loading...