नेपालमा थप ७३ जनालाई कोरोना

पोखरा । नेपालमा थप ७३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ७३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये २९ जना महिला तथा ४४ जना पुरुष रहेका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७४ हजार २ सय १६ पुगेको छ । हाल नेपालमा ९ सय ६८ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । यस्तै पछिल्लो घण्टाको अवधिमा नेपालमा थप ३ हजार ४९ जनाको पिसिआर परीक्षण गरिएको छ ।

यो अवधिमा नेपालमा थप ६४ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७० हजार ४ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ जनाले कोरोना भाइएरस संक्रमणबाट ज्यान गुमाएका छन् । हाल नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ ।

कमेन्टहरु
Loading...