तस्बिरः जीवन सुवेदी
पोखरा । बृहत कार्यकर्ता भेला, भवन शिलान्यास, पोखरा रंगशालाको निरीक्षण लगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आएका छन् ।
प्रधानमन्त्री ओली पोखरा आएपश्चात् उनीविरुद्ध विभिन्न स्थानमा विरोध प्रदर्शन तथा कालोझण्डा देखाइएको छ । यसैबीच पोखरा रंगशालाको निरीक्षणका लागि त्यहाँ पुगेका प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइएको छ ।
कालो झण्डा देखाउने १ जना पक्राउ परेका छन् । उनलाई कालो झण्डा देखाउना साथ प्रहरीले भ्यानमा हालेर लगेको बताइएको छ ।