प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते अपरान्ह ४ बजे हुने

काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते अपरान्ह ४ बजे हुने भएको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन कोलाउन सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

विघटनको विरुद्धमा विभन्न व्यक्तिले दायर गरेको रिटमा फैसला सुनाउँदै सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन बदर गरेर १३ दिनभित्र बैठक बोलाउन निर्देशन दिएको थियो ।

संसद सचिवालयले बैठक सञ्चालनका लागि तयारी समेत पूरा भएको जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...