ममाथि आक्रमणको सम्भावना भएकाले जे पनि हुन सक्छ, म नरहेको अवस्थामा अनौठो नमान्नु होलाः प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासको बाटोमा तीव्र गतिमा बढिरहेकाले विदेशी शक्तिहरु त्यसलाई रोक्न अगाडि बढिरहेको बताएका छन् । पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास निर्माणका कार्यलाई रोक्नका लागि आफूमाथि तीव्र आक्रमण तथा प्रहार भइरहेको उनले बताएका छन् । आफूमाथि तीव्र आक्रमण भइरहेको र आफू नरहन पनि सक्ने सम्भावना भएको उनले आशंका व्यक्त गरेका छन् । ‘तपाईहरु म माथि आक्रमण तथा प्रहार भयो भने या म रहिन भने पनि अनौठो नसोच्नुहोला ।’ उनले भने, ‘प्रहार भए पनि केही छैन, हामीले व्यवस्था गरिसकेका छौं । हरेक परिस्थितिको सामना गर्न म तयार छु ।’

सरकारविरुद्ध अनेक स्थानबाट प्रहार भइरहेको अवस्थामा पनि पार्टी कार्यकर्तामा अन्यौलता तथा द्वविधा नभएका भन्दै उनले पार्टी सही ढंगबाट अगाडि बढिरहेको उनको दावी थियो । प्रचण्ड–नेपाल पक्षले आफूहरुको पक्षमा बहमत छ भनिरहेको अवस्थामा बहुमत पनि आफैंले दिएको प्रधानमन्त्री ओलीले कार्यक्रममा बाताएका छन् । एकताबद्ध भएर अगाडि जाउँ भन्दै अगाडि बढेकाले आफूलाई बहुमतको आवश्यकता नभएको उनले बताए । ‘उहाँहरुले हामीसंग केन्द्रीय कमिटीमा बहुमत छ भन्नुभयो, तर त्यो बहुमत कहाँ पुष्टि भयो ?’ प्रश्न गर्दै उनले भने, ‘कार्की ब्यांक्वेटमा भाजे खाएकाले मात्रै बहुमत हुन्छ ?’ पार्टी एकीकरण पश्चात् पार्टी कब्जा गर्ने, आन्दोलन ध्वस्त बनाउने, गुट बनाउने लगायतका धन्धा प्रचण्डले सुरु गरेको तथा त्यसमा माधवकुमार नेपाल लगायत तत्कालीन एमाले केही नेताहरुले साथ दिएको प्रधानमन्त्री ओलीले आरोप लगाएका छन् । प्रचण्डले एउटा अन्तरवार्तामा भनेको विषयमा भनाई व्यक्त गर्दै देश तथा नागरिकको विकासका लागि भन्दा कसैको कम्फरटेलबका लागि सरकार बनाउन चाहेको बताएका छन् ।

पहिलकाृ कार्यकालमा पनि आफूलाई प्रधानमन्त्रीबाट हटाएको उनले आरोप लगाएका छन् । ‘मलाई पहिले पनि आफ्नै पार्टीका कार्यकर्ता माधव नेपाल, झलनाथ खनाल लगायतले प्रचण्डसंग मिलेर हटाएका हुन् ।’ उनले भने । अहिले उनले अविश्वासको प्रस्ताव पेश गरेर आफूलाई हटाउने प्रचण्ड–नेपाल पक्षलाई चुनौती दिएका छन् । सरकारलाई आफ्नै पार्टीको नेताले काम गर्न नदिएको उनले कार्यक्रममा दोहो¥याएका छन् । जनता सबैभन्दा शक्तिशाली भएको बताउँदै ओलीले लोकतान्त्रिक अभ्यासमार्फत् जनताको मतको रक्षा गर्ने उनले बताए ।

माधवकुमार नेपालले आफू पदमा नहुँदा खुट्टा तान्ने र गुट बनाउने कार्य गरेको उनको आरोप रहेको छ । पार्टीका केही खराब मान्छेहरु हटेको उनले बताएका छन् । ‘पार्टीबाट केही खराब मान्छे हटेका छन्, उनीहरुलाई पनि हामीले हटाएको होइन, आफैं हटेका हुन् ।’ उनले भने । भ्रममा परेर प्रचण्ड–नेपाल पक्षमा लागेकाहरुलाई प्रधानमन्त्री ओलीले आफू इतरमा आउन आग्रह गरेका छन् । विप्लव नेतृत्वको नेकपालाई उनले शान्तिपूर्ण मुलधारमा आउन आग्रह गरेका हुन् । देशलाई समृद्ध बनाउने अभियानमा लाग्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ ।

कमेन्टहरु
Loading...