नेकपा प्रचण्ड–नेपाल समुहले निर्वाचन आयोगलाई आधिकारिकता पहिचान गरिदिन ध्यानाकर्षण गराउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहले निर्वाचन आयोगसंग दलको आधिकारिकता पहिचान गरिदिन ध्यानाकर्षण गराउने भएको छ । आज बसेको उक्त समुहको सचिवालय बैठकले तत्काल दलको आधिकारिकता पहिचान गरिदिन ध्यानाकर्षण गराउने भएको हो । दलको आधिकारिकता पहिचान हुन नसक्दा विभिन्न कानुनी समस्या आएको भन्दै उक्त समुहले आयोगसंग उक्त समस्याको समाधान गरिदिन आग्रह गरेको छ । उक्त समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोलिका लागि स्थायी तथा केन्द्रीय कमिटीको बैठक बस्न सक्ने सम्भावना रहेको छ ।

कमेन्टहरु
Loading...