पोखरा । नेपालमा अझै पनि तल्लो वर्ग र मध्यम वर्गले लोकतन्त्रको आभाष गर्न नपाएको एक कार्यक्रमका वक्ताले बताएका छन् । रेडियो अन्नपूर्णको समसामाहिक बहसपूर्ण कार्यक्रम ‘द राउण्ट टेबल’ मा बोल्ने वत्ताले उक्त कुरा बताएका हुन् ।
तल्लो वर्ग र मध्यम वर्गका मुद्दा उठाएर सत्ता र शक्तिमा पुगेका नेताले उनीहरुको हित हुने कार्यक्रम ल्याउन नसक्दा देशमा लोकतन्त्र आएपनि त्यसको आभाष हुन नसकेको वक्ताहरुले बताएका छन् । सोमबार रेडियोले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालमा २०४६ सालदेखि जनताको अपेक्षाअनुरुपको विकास हुन नसकेको बताए । उनका अनुसार सत्तामा सासन गर्ने व्यक्तिको क्रियाकलापले नागरिकले लोकतन्त्रको अधिकार प्रयोग गर्न सकिरहेका छैनन् । नेपालको राजनीति पैसा र शक्तिको भरमा चलेकाले संस्कार र संस्कृति भुल्दै जाँदा देशमा अराजक नेतृत्व हावी भएको भनाई उनको छ । चेतनाको विज केही सीमित तथा धनाड्य वर्गले लिने गरेको पूर्वअध्यक्ष मुल्मीको आरोप छ ।
पछिल्लो समय धनाड्यलाई राजनीतिमा प्रवेश गराउँदा वर्षौं योगदान पु¥याएका पछाडि पर्नुपर्ने अवस्था नेपालमा सिर्जित भएको उनले बताए । उनको बुझाईमा राजनीतिमा विचारभन्दा व्यक्तिवादी लादिएको छ । मुल्मीले भनेका छन्, ‘पैसा तिरेर राजनीतिमा पद पाइन्छ भन्ने हाम्रो प्रवृति सुरु हुन थालेको छ, यसमा पुनः विचार गर्नु पर्छ ।’ ३ तहका सरकारको समिक्षा ५ वर्षमा गरेर त्यसपछि सही ढंगले अघि बढ्नुपर्ने मुल्मीको भनाई छ । राजनीतिक विश्लेषक विश्व सिग्देलले चेतना कमजोर हुँदा नेताका भाषाणमा अशिष्टता झल्किएको बताएका छन् । नेपालका राजनीतिक दल व्यक्तिवाद स्वार्थमा लिप्त हुँदा जनताका मुद्दा थन्किएर बसेको उनको भनाई छ । सिग्दलले नेपालमा भारतको राजनीति र शिक्षाको मोडल प्रयोग भएको हुँदा यहाँको माटो र जमिन सुहाउँदो चेतनाको अभाव भएको बताए ।
संविधान नै नभएका देशले राम्रो विकास गरेको उदाहरण दिँदै अहिले देशमा संविधानको कार्यान्वयनमै फितलोपन आएको भनाई उनले राखे । उनले जिम्मेवार, जागरुक र चेतनशिल नागरिक नहुँदाको उपज प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’, कांगे्रस सभापति शेरबहादुर देउवा जस्ता नेता जन्माउनु परेको बताए ।
उनले भने, ‘हामी असंवैधानिक कदम पनि भनेका छौं, फेरि विभिन्न ठाँउमा भएका आन्दोलनमा पक्षदर बनेर उभिएका छौं । यसले हाम्रो चेतनाको स्तर कहाँ छ भन्ने स्पष्ट बुझाउँछ । गाली पनि गर्ने अनि भोज खान पनि नछोड्ने प्रवृति देशमा छ । जुन पार्टीको कार्यक्रम भए पनि त्यसको कुनै सोच विचार र विश्लेषण बिना हिड्ने हामी जनता पनि राजनीतिक अस्थिरताका दोषी हौं ।’ कांग्रेसले बहुबाद छाडेर जनयुद्ध, समाजवाद उन्मुख समाजतर्फको बाटोमा हिड्नुले कांगे्रसले आफ्नो पार्टीको मान्यता छाडेको विश्लेषक सिग्देलको भनाई छ । उनले नेपालका अधिकांश राजनीतिक दल मुल्यविहीन अवस्थामा पुगेको टिप्पणी गरे ।
वरिष्ठ अधिवत्ता तिलक पराजुलीले संविधानमाथि लात हान्ने प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको पदबाट तत्काल राजीनामा दिनु पर्ने भनाई राखे । उनले भने, ‘संविधान माथि ‘कु’ गर्ने प्रधानमन्त्री कुर्सीमा बस्ने अब कुनै नैतिक आधार छैन, प्रतिपक्ष दल कांगे्रसले संस्थागत निर्णय गरी प्रधानमन्त्रीको राजीनामा तत्काल माग्नुपर्छ ।’ पछिल्लो समय कांग्रेस प्रतिपक्षको भूमिकाबाट विचलित भएको तर्क उनको छ । नेकपाको सरकारलाई ट्रयाकमा ल्याउने जिम्मेबारी कांग्रेसमा हुँदा केही गर्न नसकेको अरोप उनले लगाएका छन् ।
राजनीतिमा कम्युनिस्टले कर्नरमै पु¥याएर गाली गलौज गर्ने पद्दति बन्दै आएको उनको भनाई छ । अर्कोलाई गाली नगरी आफू स्थापित भइन्न भन्ने गलत मानसिकताले गालीमा असिस्ट शब्द प्रयोग भइराखेको पराजुली पाउँछन् ।
उनका अनुसार पछिल्लो समय नागरिकले एजेण्डाका विषयलाई उठान गरेको विषय सबल पक्ष हो । भ¥याङ चढेर माथि पुग्ने अनि त्यही भ¥याङलाई टुक्राटुक्रा गरेर फाल्ने प्रवृतिले कम्युनिस्टमा अराजकता छाएको उनको भनाई छ ।
अग्रज पत्रकार एवं गजुरी व्यारेक ब्रेकर राजु क्षेत्रीले जनयुद्धकालमा समाज परिवर्तनका लागि लडेका कैयांै मानिस अझै पीडामा परेको र उनीहरुको जीवन स्तरमा खासै सुधार हुन नसकेको गुनासो गरे । उनले भने, ‘जनताको अपेक्षा कहिले पुरा भएन, नेतृत्वमा गएका नायकहरु खलनायकमा परिणत भए । जनताको आसा र भरोसा अझै पुरा हुन सकेको छैन ।’ २०७२ सालको संविधान जारी हुँदा ठाँउठाँउमा दिप प्रज्वलन गरिएपनि केही सीमित व्यक्तिको आर्थिक उन्नतिमा त्यसले सम्बोधन पाएको उनको तर्क छ ।
अधिकांश जनताले अपेक्षा गरेअनुरुपको संविधान नआएको उनले बताए । आफुसंगै चिसो ब्यारेकमा १३ महिना बसेका केही साथीको अझैसम्म उचित ढंगले राज्यले रेखदेख पुराउन नसक्नु दुख लाग्दो परिस्थति भएको उनले उल्लेख गरेका छन् ।
रेडियो अन्नपूर्णकर्मी बासु मिश्रले सञ्चालन गरेको कार्यक्रममा रेडियोका अध्यक्ष विश्व शंकर पालिखे, स्टेसन म्यानेजर संजय मल्ल, रेडियो अन्नपूर्णकर्मी आरजु विष्ट शल्यानी, सन्तोष बस्याल, नारायण कुँइकेल, सविन जिसी सहित टिमको सहभागिता थियो ।