काठमाडौं । नेपालमा आजबाट जाडो मौसम सक्किएर प्रि–मनसुनको सुरु भएको छ । आजदेखि नेपालमा विन्टर सिजन अन्त्य भएको र प्रि–मनसुन सिजन सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले एक बुलेटिन जारी गर्दै जानकारी दिएको हो ।
नेपालमा प्रि–मनसुन सिजनको सुरुआतसंगै अपरान्ह तथा सांझको समयमा चट्याङ तथा मेघगर्जन सहितको असिनापानी र हावाहुरीको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रि–मनसुन सिजनमा चट्याङ तथा मेघगर्जन सहितको असिनापानी र हावाहुरीले हुन सक्ने क्षतिलाई ध्यानमा दिएर आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।