३१ सालदेखि पौडेल र देउवासँग निरन्तर दोस्ती छः प्रम ओली

 

गन्थन डेस्क

०३१ सालमा गोलघरमा थुनिँदादेखि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग प्रगाढ सम्बन्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । फरक पार्टीमा रहेपनि देशका लागि निरन्तर लड्नेक्रममा पौडेल र देउवासँग दोस्ती बनेको उनको धारणा छ ।

आइतबार साँझ हिमालयन टिभीको अन्तरवार्तामूलक कार्यक्रम ‘यक्ष प्रश्न’ मा प्रस्तोता राजेन्द्र बानियाँसँग कुरा गर्दै प्रम ओलीले घुमाउरो शैलीमा दाहाल–नेपालको महत्वाकाँक्षा पुरा गर्न र राष्ट्रिय उपद्रवको समथर्न गर्न नेपाली कांग्रेस अघि नसर्ने उल्लेख गरे ।

‘साथीहरु (दाहाल–नेपाल) चितवनबाट सोझै बुढानिलकण्ठ पुग्नु भयो प्रधानमन्त्री खोज्न’ ओलीले भने ‘लड्डु खाइसकियो, अबिर जात्रा गरिसक्यो तथास्तु भनिदिनु प¥यो भन्दै देउवाकोमा पुग्नुभयो ।’ प्रधानमन्त्री लिइदिनु प¥यो भन्दै त्यहाँ पुग्नुभएको ओलीले उल्लेख गरे । ‘मलाई मन पर्दैन भने संसदमा अब अविश्वासको प्रस्ताव ल्याएर, हटाएर देखाउनुस्’ प्रमले नेकपाको अर्काे खेमालाई चुनौति दिए । २३ गते संसद बस्ने र आफुले सामना गर्ने ओलीको टिप्पणी छ ।

संसदको सामना गर्दा प्रधानमन्त्रीमा रहिरहन अंकगणित र समीकरणको सवालमा प्रम ओलीले अन्य पार्टीहरुले प्रचण्ड–नेपाललाई प्रधानमन्त्री बनाउन पार्टी नखोलेको बताउँदै सबैले आफै राजनीति गर्न चाहेको धारणा राखे । मुख्यतः कांग्रेसले प्रचण्डलाई नसघाउनेमा ओली विश्वस्त देखिए ।

सर्वाेच्चको फैसलाले प्रधानमन्त्रीको राजीनामा नमागेको उल्लेख गरे । प्रस्तोता बाँनियाले प्रधानमन्त्री ओलीलाई ‘संवैधानिक हार’ भएको र ‘अदालतले तपाइलाई हरायो नी भन्ने प्रश्नमा ओलीले उक्त जवाफ दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतको फैसलाले ‘प्रधानमन्त्री, राजीनामा देउ’ नभनेको बताएका छन् ।

संसद विघटन गरेको बताउँदै आफुले यस्ता अनगिन्ती मुद्दा हार्दै आएको जानकारी दिए । अहिले राजीनामा दिए मुलुक झनै अस्थिरतातर्फ जाने बताउँदै उनले अदालतको फैसलाले मुलुक संकटमा जान सक्ने टिप्पणी गरे । एक प्रश्नमा बानियाँले प्रधानमन्त्रीले गल्ती गरेको र माफी माग्दा सानो नहुने भनेपछि ओलीले भने ‘केही व्यक्ति, पक्ष र संस्थाकालागि गल्ती भएको हो, देशको लागि हैन ।’

 

 

कमेन्टहरु
Loading...