पोखरामा मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न

पोखरा । मानव अधिकार संगठनको आयोजनामा पोखरामा मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न भएको छ । ‘समानता, न्याय र मानवअधिकारका लागि जुटौं’ भन्ने नाराका साथ आज पोखरामा आयोजना भएको उक्त प्रशिक्षण कार्यक्रममा संगठनका प्रमुख महामुनिश्वर आचार्यले मानव अधिकारका रक्षाका लागि सबै क्षेत्रको नागरिकको दायित्तव रहेको बताए ।

उनले नेपालको संविधानले जूनरुपमा मानवअधिकारलाई उल्लेख गरेको छ सो अनुरुप कार्यनयन गर्न समेत सबैलाई आग्रह गरे । ‘नेपालको संविधानले मानवअधिकारलाई सम्बोधन गर्दै कानुन ल्याएको छ तर कतिपय अवस्थामा त्यसलाई कार्यनयन गरेको पाईदैन,’ उनले भने,‘यसको उत्तरदायित्तव सबैमा छ त्यसैले संविधानमा जे लेखेको छ त्यो व्यवहारमा उर्तान पनि जरुरी छ ।’

कार्यक्रमका मुख्य प्रशिक्षकका डा गोविन्द ढकालले नेपालको संविधानले मानवअधिकारलाई कसरी उल्लेख गरेको छ त्यसबारे बिफ्रिन्ङ गरेका थिए । उनले संविधानमा उल्लेख भएका कतिपय अधिकार व्यवहारमा नउत्रिएको बताए ।

कार्यक्रममा मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष महामहिश्वर आचार्य, प्रा डाक्टर गोविन्द ढकाल, नेपाल बार एसोसियन उच्च अदालत पोखराकी महिला समिति अध्यक्ष वीनिता नेपाली, टंक खनाल लगायतले प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षणमा जनपथका १० जना, सशस्त्रका ७ जना, कानुन व्यवसायी, अधिकारकर्मी, जनजाती सहित ७० जनाको सहभागिता रहेको थियो भने कार्यक्रमको संयोजकत्व गण्डकी प्रदेशका नगेन्द्र बास्तोलाले गरेका थिए ।

कमेन्टहरु
Loading...