अष्ट्रेलियाको क्विनस्ल्याण्डमा प्रवासी नेपाली एकता मञ्च गठन

अस्ट्रेलिया । अस्ट्रेलियाको क्विनस्ल्याण्डमा प्रवासी नेपाली एकता मञ्च गठन भएको छ ।

व्रिसबन स्थित न्यु फार्म पार्कमा आयोजित भेलाले नवलपरासीका रमेश पाण्डे संयोजक र कास्कीका बिमल न्यौपाने सचिबलाई सचिव चयन गरेको छ ।

मञ्चको उपसंयोजकमा अरुण तिवारी , सहसचिब सजिन श्रेष्ठ र बिकाश भण्डारी र कोषाध्यक्ष निशा दुलाल चयन भए ।

करिब एकसय जना उपस्थिती रहेको भेलाले ३५ सदस्यीय मुल कार्यसमिति र १० सदस्यीय सल्लाहकार समिति चयन गरेको छ।

सदस्यहरुमा राजेश गिरी ,अनिल ढकाल, निरन्जन बुढाथोकी , राम सुबेदी ,सिताराम पाण्डे ,प्रकाश सुबेदी ,स्वस्ति गुरुङ ,बिबेक गिरी ,सरोज श्रेष्ठ , अर्जुन भट्टराई , भगवान भण्डारी ,सुरेश बोगटी , सुदर्शन रायमाझी ,मनिष माली ,अश्मिता क्षेत्री ,बिशाल केसी ध्रुव लम्साल ,अभिषेक भण्डारी , सुप्रिम अधिकारी , सुमिता राना ,बिबेक श्रेष्ठ ,सुरेन्द्र पन्त ,सुबिन श्रेष्ठ ,अनोज लामिछाने , बिबश गिरी ,प्रविन कार्की ,अर्पण अधिकारी ,बिमल श्रेष्ठ छन् चयन भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रबासी नेपाली एकता मञ्चका संस्थापक अधक्षय डा जगदीश तिमिल्सिनाले मुलुकको समसामयिक राजनीतिक बिषय र प्रबासमा नेपालीहरुले चल्नु पर्ने कदमको बारेमा उल्लेख गरेका थिए ।

मञ्चका केन्द्रिय अध्यक्ष रमेश पाण्डे , सचिबालय सदस्य एब न्यु साउथ वेल्स राज्य इन्चार्ज केशब जोशी , क्विनस्ल्याण्ड राज्य इन्चार्ज चिन बहादुर नेपाली र मञ्चका केन्द्रिय सलाहाकर हेमाङ्ग शर्माले बोलेका थिए ।

नबनिर्बाचित समितिका सदस्यहरुलाई मञ्चका अध्यक्ष रमेश पाण्डेले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

कमेन्टहरु
Loading...