ओली सत्तामा बस्न लायक छैनन्ः नेता विष्ट

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका नेता गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओली पदको लोभी भएको आरोप लगाएका छन् । गुल्मीमा प्रचण्ड–नेपाल पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त समुहका स्थायी कमिटी सदस्यसमेत रहेका नेता विष्टले प्रधानमन्त्री ओली पदको लोभी भएकै कारणले गर्दा राजीनामा नदिएर प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको उनले आरोप लगाएका हुन् । नेपाल कम्युनिस्ट पार्टीको रक्षा हुने र संविधान तथा लोकतन्त्रका लागि अनुकुल हुने वातावरण निर्माणका लागि प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने उनले माग गरेका छन् । प्रधानमन्त्री ओली १ मिनेट पनि सत्ता बस्न लायक नभएको उनको दावी थियो ।

कमेन्टहरु
Loading...