काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सर्वोच्च अदातलको अवहेलना नगरेको स्पष्ट पारेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो अभिव्यक्तिले सर्वोच्च अदालतको अवहेलना नभएको तर प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले प्रयोजित रुपमा आफूविरुद्ध अदालतमा निवेदन पेश गरेको उनले आरोप लगाएका छन् ।
आफूविरुद्ध सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै परेको रिट निवेदनको जवाफ दिंदै उनले वर्तमान सरकारले प्रायोजित निवेदन पेश गरेको उनको आरोप रहेको छ ।
प्रतिगमनविरुद्ध आफूहरुले प्रयोग गरेको नारा, भाषया तथा जुलुसले स्वतन्त्र न्यायपालिकालाईं कुनै पनि हालतमा प्रभाव पार्न नसक्ने प्रचण्डको दावी छ । सर्वोच्च अदालतलाई वर्तमान ओली नेतृत्वको सरकारले कमजोर सोचेर आफूविरुद्ध नियोजित तरिकाले निवेदन पेश गरिएको उनले आरोप लगाएका छन् ।