उच्च अदालत बार एशोसियन, महिला समितिलाई सहयोग

पोखरा । नेपाल मानव अधिकार संगठन द्रारा उच्च अदालत बार एसोसिएसन महिला समितिलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

शनिबार पोखरामा एक कार्यक्रम बिच संगठनले एसोसिएनको महिला समितिलाई ६० हजारको चेक हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल बार एसोसिएसनका अधिवक्ता मुकुन्द राज अर्यालले कानुन क्षेत्रमा महिलाको भुमिका सहरानिय रहेको बताए ।

उनले एसोसिएसनमा महिलाको नेतृत्वले अशिक्षित वर्गका महिलालाई समेत कानुनको पहुँचमा आउन र यस सम्बन्धि चेतना दिन भुमिका खेलिरहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल मानव अधिकार संगठनका अध्यक्ष महामुनिश्वर आचार्यले महिला संघले महिलाको नेतृत्व विकास गर्न चुनौती रहेको बताए ।

उनले अहिलेको अवस्थामा पनि महिलाले ससाना समस्या देखि विभिन्न चुनौतीको सामना गरिरहनुपरेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै उच्च अदालत बार एसोसिएसन महिला समितीकि संयोजक विनिता नेपालीले सहयोगि प्रती आभार प्रकट गर्दै यसले काम गर्नमा उर्जा दिने बताईन ।

“हामीले के दिन्छौं होइन दिनेको हैसियत के त ? यो हेरिने रहेछ” उनले भनिन्,” हामीसंग महिलाका लागि कानुन सम्बन्धि निशुल्क परामर्श सक्ने क्षमता भएपनी हामीलाई आवश्यक पर्ने साम्रागी थिएन उक्त साम्रागिका लागि सहयोग प्राप्त हुँदा काम गर्न थप प्ररेण मिलेको छ ।

कमेन्टहरु
Loading...