नेपालमा थप ८१ जनालाई कोरोना

पोखरा । नेपालमा थप ८१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ८१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये ३५ जना महिला तथा ४६ जना पुरुष रहेका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । हाल नेपालमा ९ सय ६७ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । यस्तै पछिल्लो घण्टाको अवधिमा नेपालमा थप २ हजार ८ सय २४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

यो अवधिमा नेपालमा थप ४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७० हजार ३ सय २५ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ जनाले कोरोना भाइएरस संक्रमणबाट ज्यान गुमाएका छन् । हाल नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७३ पुगेको छ ।

कमेन्टहरु
Loading...