नेपालसहित बंगलादेश तथा लाओस् अति कम विकसित राष्ट्रबाट स्तरोन्नतीका लागि सिफारिस

काठमाडौं । नेपाललाई संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले अति कम विकसित राष्ट्रबाट स्तरोन्नतीका लागि सिफारिस गरेको छ । समितिले नेपालसहित लाओस तथा बंगलादेशलाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नतीका लागि सिफारिस गरेको हो ।

सिफारिस भएका मुलुकले तोकिएका मापदण्डलाई सन् २०२६ सम्म पूरा गर्नुपर्ने छ ।

नेपाल सहितका यी देशले स्तरोन्नतीका लागि तोकिएको ३ वटा विभिन्न क्षेत्रमा मापदण्ड पूरा गर्नुपर्ने छ । यी मापदण्डमा आर्थिक जोखिम सुचांक, प्रतिव्यक्ति आय तथा मानव विकमस सुचांक मुख्य रहेका छन् ।

उक्त सिफारिसलाई संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषदबाट समेत स्वीकृत हुनुपर्ने संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जानकारी दिएको छ ।

नेपालको हालको अवस्थालाई नियाल्ने हो भने पछिल्लोपटक २०१५ मा गएको विनाशकारी भुकम्प तथा हालको कोरोना भाइरस संक्रमणको महामारीले नेपालीहरुको प्रतिव्यक्ति आयमा प्रभाव पारेको छ ।

कमेन्टहरु
Loading...