राष्ट्रलाई अस्थिरतामा धक्लेनेले जनता समक्ष माफी माग्नुपर्छ: मन्त्री साह

सहरी विकासमन्त्री प्रभु साहले विकासको मुख्य बाधक भ्रष्टाचार र राजनीतिक अस्थिरता भएको बताएका छन् ।

नेकपा छिपहमाई गाउँपालिका कमिटिले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले जनमतको अपमान गर्दै राष्ट्रलाई अस्थिरतामा धक्लेनेले जनतासमक्ष माफी माग्नुपर्ने तर्क गरे ।

मन्त्री साहले धार्मिक अस्था र सुविचार आउने थालोको रुपमा चिनिने प्रदेश नं २ को अस्थायी राजधानी जनकपुर प्रदेश सरकारका कारण बदनाम हुँदै गएको आरोप लगाए ।

उनले पहिले जनकपुर आस्था, सुविचार धर्मको कारणले चिनिने भए पनि पछिल्लो कालखण्डमा त्यसो नभएको बताए ।

कमेन्टहरु
Loading...