कांग्रेस नेता जोशीको अवस्था गम्भीर, चिकित्सक भन्छन्ः आशावादी छौं

काठमाडौं । कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । नेता जोशीको उपचारका खटिएका चिकित्सकले उनको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी दिएका हुन् । उनको हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सक डा.राजीव झाले नेता जोशीको स्वास्थ्य अवस्थालाई स्थिर भन्न नसकिने र भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताएका छन् । जोशीको अवस्था गम्भीर भएपनि सुधार आउनेमा आफूहरु आशावादी रहेको उनले बताएका छन् ।

कमेन्टहरु
Loading...