ओली पक्षको संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराई

पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदिय दलको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त भएका छन् ।

यसअघि संसदीय दलको प्रमुख सचेतकको रुपमा रहेका देव गुरुङ प्रचण्ड माधव पक्षमा भएपछि ओली पक्षले भट्टराईलाई सचेतकको रुपमा जिम्मेवारी दिएको हो ।

नेकपा केन्द्रिय सदस्य समेत रहेका भट्टराई खोटाङबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

कमेन्टहरु
Loading...