भारतको चासोः नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं

काठमाडौं । नेपालको हालको राजनीतिक परिस्थितिलाई नियालिरहेको र सर्वोच्च अदालतको मंगलबारको फैसला नेपालको आन्तरिक मामिला भएको भारतले प्रतिक्रिया दिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेको विषयमा भारतको यस्तो प्रतिक्रिया आएको हो ।

भारतको विदेश मन्त्रालयद्वारा आयोजना हुने नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अनुराग श्रीवास्तवले प्रतिनिधिसभा बदरको विषयमा आफ्नो भनाई व्यक्त गर्दै यो नेपालको नितान्त आन्तरिक मामिला भएको र हालको राजनीतिक मुद्दालाई प्रजातान्त्रिक प्रक्रिया तथा संस्थाद्वारा टुंगो लगाउने विषय भएको बताएका हुन् ।

सर्वोच्च अदालतको फैसलाका विषयमा आफूहरुलाई जानकारी भएको र केही समययता नेपालमा भइरहेको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको प्रवक्ता श्रीवास्तवले बताएका छन् ।

यस अगाडि पनि प्रतिनिधिसभा विघटन हुँदा समेत भारतले यो नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको थियो ।

कमेन्टहरु
Loading...