फागुन १७ गते पोखरामा नेकपाको कार्यकर्ता भेलालाई प्रम ओलीले सम्बोधन गर्ने

पोखरा । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली फागुन १७ गते पोखरा आउने भएका छन् ।

गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा आउने भएका हुन् ।

यसअघि नेकपा गण्डकी प्रदेश कमिटीको आयोजनामा फागुन १५ गते अमरसिंह चौरमा हुने आमसभालाई सम्बोधन गर्ने तयारी भएपनि सर्वोच्चले संसद पुर्नस्थापनाको फैसला गरेपछी सो कार्यक्रम स्थगित गरिएको थियो ।

फागुन १७ गते हुने कार्यक्रमको स्थान तय नभएपनि पोखरा सभागृहमा हुन सक्ने नेकपा स्रोतले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...