कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री समेत रहेका नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति उनको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि उपचारका लागि वीर अस्पताल लगिएको थियो । नेता जोशीको पारिवारिक स्रोतले उपलब्ध गराएको जानकारी अनुसार हाल उनलाई थप उपचारका लागि वीर अस्पतालबाट लगेर नर्भिक अस्पतालमा भर्ना गरिएको छ । जोशीको मस्तिष्कमा रगत जमेको र शल्यक्रियाको तयारी भइरहेको बताइएको छ ।

कमेन्टहरु
Loading...