गन्थन डेस्क
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई यतिबेला भारतको नयाँ दिल्लीमा उपचाररत छन् ।
दिल्लीस्थित इन्स्टिट्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेजमा उपचारत रहँदा भट्टराईले डोटा–एनओसी र पेट स्क्यान परीक्षणार्थ चाहार्न परेको उल्लेख गरेका छन् । ट्विटमार्फत उनले यसप्रकारका उपकरण र सुविधाको व्यवस्था देशमै किन गर्न सकेनौ भनेर आफुलाई घोचिरहेको उल्लेख गरेका छन् ।
त्यस्तै, केही वर्ष पहिला यस्तो उपकरणको व्यवस्था गर्न स्वास्थ्य अर्थ मन्त्रालयमा घच्घचाए पनि किन भएन ? भन्दै उनले प्रश्नसमेत गरेका छन् । रोगको पहिचान गर्न भारत पुग्नैपर्ने बाध्यताबाट आजित हुँदै उनले लेखेका छन् ‘भ्यूटावर, जलहरी सट्टा यता ध्यान खै ? नमरी स्वर्ग नदेखिने नै हो ?