नेपालमा थप ८३ जनाको मृत्यु, ११२ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । नेपालमा थप ८३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जनाले ज्यान गुमाएका हुन् भने बाँकी ८२ जना यसअघि गणना गर्न छुटेका मृतकको तथ्यांक हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ७ सय ६७ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोनाका कारण यसअघि नै मृत्यु भएर गणनामा छुटेको तथ्यांक जोडेर सार्वजनिक गर्दा मृतकको संख्या बिहिबारको कोरोना अपडेटमा धेरै देखिएको हो ।

त्यस्तै नेपालमा आज थप १ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आजका संक्रमितसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको छ ।

हाल नेपालमा ८ सय ८२ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ८४ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७० हजार २ सय २३ पुगेको छ ।

कमेन्टहरु
Loading...