पोखरामा थप ७ जनामा संक्रमण पुष्टि

पोखरा । पोखरामा ७ जना सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार प्रदेशमा थप ८ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये ७ जना पोखरा महानगरपालिकाका र १ जना बागलुङका रहेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ९८ पुगेको छ ।

कमेन्टहरु
Loading...