प्रचण्ड-माधव नेतृत्वमा नयाँ सरकार गोरु ब्याएर ब्याउँती खान खोजे जस्तो: सूर्य थापा

गन्थन डेस्क । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल र माधव कुमार नेपालको नेतृत्वमा नयाँ सरकारको आशा गोरु ब्याएर ब्याउँती खान खोजे जस्तो रहेको बताएका छन् । आज (बिहीबार) सामाजिक सञ्जाल फेशबुकमार्फत थापाले यस्तो बताएका हुन् । उनले प्रचण्ड र माधवको नेतृत्वमा सरकार बन्ने सम्भावना शून्य भएको दाबी गरेका छन् ।

उनले भने,‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्री) नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात् असंभव नै छ । यो गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाओैं

su

कमेन्टहरु
Loading...