संसद पुनस्थापनासँगै दलहरु सक्रिय

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै संसद पुर्नस्थापना भएपछि नेकपाको दुवै समूह सक्रिय भएको छ ।

सर्वोच्च अदालतले मंगलबारे प्रतिनिधिसभा विघटनको निर्णय उल्टाएपछि केही दिनदेखि निष्कृय रहेका नेकपाका दुवै समूह छलफलमा जुटेका हुन् ।

अदालतको फैसलापछि आन्दोलन गरिरहेको नेकपाको दाहाल–नेपाल समूहले विजयोत्सवका रुपमा लिँदै खुसीयाली मनाएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओली समूहले भने आफू अनुकुल नभएपनि अदालतको निर्णय स्वीकार गरेर अघि बढ्न प्रतिक्रिया दिएको छ ।

उसले थप दलहरुसँग छलफल गरेर थप रणनीति बनाउनेसमेत जनाएको छ । यस्तै प्रतिनिधिसभा पुर्नस्थापनासँगै नयाँ सरकार गठनको चर्चा चलेपछि कांग्रेस पनि निर्णायक बन्ने दाउमा सक्रिय हुन थालेको छ ।

अदालतको फैसलाअघिसम्म निरन्तर आन्दोलनमा रहेको दाहाल नेपाल समूहले विरोध कार्यक्रमलाई विजयउत्सवको रुपमा मनाएको छ भने ओली पक्षका चुनावी अभियानसम्बन्धी आमसभाहरु रद्द भएका छन् ।

कमेन्टहरु
Loading...