देउवा निवासमा कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज दिउँसो ३ बजे नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दै छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न देउवा निवास बुढानीलकण्ठमा बैठक बोलाइएको हो ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड(माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने पार्टी का मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । संसद पुनःस्थापित भएपछि नयाँ सरकार गठनमा कांग्रेस निर्णायक देखिएको छ ।
आज बस्ने भनिएको बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने जनाइएको छ । यसलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको पनि बैठक बोलाउने बताएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।

कमेन्टहरु
Loading...