आर्थिक, सामाजिक, घरायासी, झै–झगडाका कारण मानसिक रोगीको संख्या बढदो

पोखरा, २२ पुस/आर्थिक, सामाजिक, घरायासी, झै–झगडाका कारण बुझन नसक्दाँ मानिसमा मानसिक रोग बढदै जानु र समाजमा समेत बिकृति फैल्दै गएको पाइएको छ । समाजमा ९० प्रतिशत मानिसहरु मनोसामाजिक, मनोविमर्सबाट भएको हुँदा आपासि कुराकानीका माध्यमबाट समस्या सामाधान गर्ने हो भने ९० प्रतिशत मानिसको रोग औषधी प्रयोग नगरिकन समाधान हुने विज्ञहरुको भनाई छ ।

कोपिला नेपालले पोखरामा आज आयोजना गरेको मनोसामाजिक, मनोविमर्स बारेमा ६ महिने तालिमको उद्घाटनमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मानसिक रोग विभाग प्रमुख लुमेश्वर आचार्यले विकास सँग मानसिक रोग पनि विकसित हुँदै गएको बताए । उनले समाजमा रहेका अपाङ, महिला हिंसा, गरिबि घरयासी झण्डाका लगायतका कारण मानिसले आत्महत्यासमेत गर्ने हुँदा सकारत्मक सोचका साथ त्यस्ता व्यक्तिलाई प्रशिक्षण गराउन सके समस्याका सामाधानका लागि औषधी सेवन गर्नु नपर्ने बताए ।

कोपिला नेपालका अध्यक्ष सुर्य कुँवरको सभापत्तित्वमा भएको कार्यक्रममा कोपिला नेपालकी कार्यकारी निर्देशक विमा शिलवाल, बालगृह संञ्चालकी गोमा ढकाल, महिला मानव अधिकार रक्षक संञ्जालकी अध्यक्ष सरला पाण्डे, नेतहिन संघ कास्कीका सचिव श्रीकान्त सापकोटा, महिला बालबालिका कार्यालयकी लक्ष्मी गुरुङ, पश्चिमाञ्चल ईन्सेक प्रमुख शिव खकुरेल, कार्यक्रम संयोजक तीर्थ बहादुर थापा, मनोसामाजिक सुरक्षा संयोजक भुपेन्द्र गुरुङ लगायतले तालिमले मानिसमा सकारात्मक सोचको
विकास हुने बताएका थिए ।

कमेन्टहरु
Loading...