पोखराको बसुन्धरा पार्कमा एक युवक मृत फेला

गन्थन डेस्क

पोखराको लेकसाइड किनारमा अवस्थित बसुन्धरा पार्कमा एक युवक मृत भेटिएका छन् ।

अन्दाजी २५ वर्षका युवक मंगोल हुलियाको रहेको प्रहरीले जनाएको छ । निलो ज्याकेट लगाएका करिब साढे ५ फिट उचाईका युवक आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

मृतकको नजिकै र उनले लगाएको निलो ज्याकेटमासमेत विषको शिसी पाइएको छ । उनी को हुन् ? भन्नेबारे पहिचान नभइसकेको हमालले बताए । उनले मध्यरातमा विष पिएर आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिए पनि ठोस कारण पत्ता लागेको छैन ।

घटनाबारे कास्की प्रहरी अनुसन्धानमा जुटेको र मृतकको पहिचान गर्ने तयारी भइरहेको प्रवक्ता हमालले जानकारी दिए ।

 

कमेन्टहरु
Loading...