पछिल्लो २४ घण्टामा ९४ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो गत २४ घण्टामा नेपालमा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा ३ हजार ६९२ जनाको पिसिआर परीक्षण गर्दा ९४ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७६० पुगेको छ। यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ५५ रहेको छ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ५५ रहेको छ भने हाल ६३ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा ७१ जना उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म ९८ दशमलब ७ प्रतिशत कोरोना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ७० हजार १ सय ३९ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल ५५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र जना भेन्टिलेटरमा छन्। ४४ जना आइसियु र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा एकजना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २ हजार ६६ जना पुगेको छ।

कमेन्टहरु
Loading...