जनबादी गायक पदमराज ढकाल पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त भएका छन् ।
पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ को दफा ८ बमोजिम गठित सिफारिस समितिको सिफारिसमा ढकाल कुलपति नियुक्त भएका हुन् ।
सदस्यमा जीवन दाहाल, कृष्ण भण्डारी, प्रकाश ज्ञवाली, मिलन शेरचन, सरास्वति श्रेष्ठ र दिलिप गायक नियुक्त भएका छन् ।
उपकुलपति भने नियुक्त गरिएको छैन ।
पोखरा महानगर प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने महानगर प्रज्ञा प्रतिष्ठाननमा ११ सदस्य रहनेछन् ।