काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त सरकार बनाउने प्रस्ताव गरेका छन् ।
बुधबार दिउँसो देउवालाई भेट्न उनकै निवास पुगेका प्रचण्ड र नेपालले संयुक्त सरकार बनाउने प्रस्ताव गरेका हुन् । भेटवार्तामा प्रचण्ड र नेपालले मिलेर जाने र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामापछि संयुक्त सरकार बनाउने प्रस्ताव गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ । जवाफमा देउवाले यस विषयमा पार्टीमा छलफल गरी जवाफ दिने प्रतिक्रिया दिएका छन् ।
त्यस्तै देउवाले पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्न भोलि पदाधिकारीको बैठक बोलाइएको जानकारी गराएका थिए । यस अगाडिको भेटमा प्रचण्ड–नेपाल समूहले देउवालाई प्रधानमन्त्रीको अफर गरेका थिए ।