ओली पक्षकाे बैठक सकियाेः केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाइने

गन्थन डेस्क

नेपाल कम्युनिष्ट पार्टी ओली पक्षधरको बिहान ११ बजे बसेको स्थायी कमिटी बैठक सकिएको छ ।

बैठकले सर्वाेच्च अदालतले गरेको फैसला स्वीकार गरेको प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनाए । बैठकले निर्धारित समयमै पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक डाक्ने निर्णय गरेको छ । यसैगरी, यसअघि देशभर आयोजना गरिने विभिन्न कार्यक्रमलाई निरन्तरता दिने समेत ज्ञवालीले जानकारी दिएका छन् ।

बैठकमा संसदीय दलको बैठकबारे पनि छलफल भएको छ । ज्ञवालीका अनुसार निर्धारित समयमै बैठक बोलाउने विषयमा छलफल भएको र यस विषयमा भोली बिहीबार पुनः बस्ने बैठकले टुंगो लगाउनेछ ।

कमेन्टहरु
Loading...