सर्वोच्चको फैसलाले राजनीतिलाई थप अस्थीर र जटिल बनाउनेछ: ईश्वर पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्‍वर पोखरेलले सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउने बताएका छन् ।

उनले मध्यराति १२:०८ बजे ट्वीट गर्दै प्रतिनिधि सभा पुनस्स्थापना गर्ने सर्वोच्‍च अदालतको निर्णयपछि राजनीतिलाई थप अस्थीर र जटिल बनाउने बताएका हुन् ।

साथै उनले प्रतिनिधि सभा पुनस्थापना सम्बन्धी सर्वोच्‍च अदालतको निर्णय सम्मान गर्न नसकिने बताएका छन् ।

कमेन्टहरु
Loading...