काठमाडौं । सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटनको कदम बदर गर्ने फैसलापछि उत्पन्न परिस्थितिबारे नेकपा प्रचण्ड(माधव पक्ष र नेपाली कांग्रेसको शीर्ष नेतृत्वबीच आज छलफल हुने भएको छ ।
विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता तय भएको हो ।
चितवनबाट प्रचण्ड र नेपाल काठमाडौं फर्किएपछि छलफल तय भएको सभापति देउवाको सचिवालयले जनाएको छ । प्रचण्ड र नेपाल बुधबार विहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौं उडिसकेका छन् ।