पोखरामा प्रधानमन्त्रीले सम्बोधन गर्ने शनिबारको वृहत जनसभा स्थगित

गन्थन डेस्क । पोखरामा शनिबार हुने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको वृहत जनसभा स्थगित भएको छ । सर्वोच्चको फैसलालाई इंकित गर्दै ओली समूहका नेता खगराज अधिकारीले १५ गते अमरसिंहमा हुने कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् ।

‘हामी नयाँ ढंगबाट सोच्छौं होला जूनरुपमा थियो त्यो हुँदैन,’ उनले भने,‘परिवर्तन भयो नि परिस्थिती त्यसैले अहिले कार्यक्रम हुँदैन ।’ उक्त आमसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको थियो ।

कमेन्टहरु
Loading...