धुम्बाराहीमा सचिवालय बैठक बोलाउन गौतमको आग्रह

काठमाडौं । विभाजित नेकपा एकता अभियानका संयोजक तथा पार्टी उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजनलाई अश्वीकार गर्दै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाउन अनुरोध गरेका छन् ।

गौतमले बुधवार प्रेस विज्ञप्तिमार्फत दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बैठक बोलाउन आग्रह गरेका हुन् । साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

कमेन्टहरु
Loading...