गन्थन डेस्क
एमिकस क्युरी (अदालतको साथी)को सहयोगमा मंगलबार दिन ढल्किएपछि सर्वाेच्च अदालतले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भङ्ग गर्दै निर्वाचनको तयारी गर्दे मितिसमेत तोकिसकेको थियो । सोही निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले ‘असंवैधानिक’ ठहर गरेपछि पोखराको पृथ्वीचोकमा नेकपाकै अर्काे समूहले स्वागत गरेको छ । झम्के साँझमा नेकपाले गरेको प्रदर्शनमा सहभागीले ‘सर्वाेच्च अदालत बिकेन, केपी ओली टिकेन’ भन्दै नारा लगाएका थिए ।
प्रदर्शनमा सहभागी अधिकांश कार्यकर्ता यसअघि प्रधानमन्त्रीको कदमलाई प्रतिगमन भन्दै निरतन्तर आन्दोलनमा रहेका थिए । प्रदर्शनकारीले नेकपाको झण्डा र चुनाव चिन्ह सूर्य अंकित झण्डा फहराएका थिए । कोणसभाको शैलीमा भएको प्रदर्शनमा उनीहरुले पुरानै नारा ‘केपी तेरो पाराले, दुख पाए साराले’ भन्ने नारा पनि उराले ।
नेकपा कास्कीका नेता श्रीनाथ बरालले सम्मानित अदालतले लोकतन्त्रलाई मर्नबाट बचाएको भन्दै विधि र जनताको पक्षमा फैसला भएको प्रतिक्रिया दिए । ‘हामी सबैको जीत हो, यो जीत लोकतन्त्र र विधि पक्षधरको जीत हो’ बरालले भने ।
सर्वाेच्चले यस मुद्दामा एमिकस क्युरीको सहयोग लिएको थियो । क्युरीका ५ मध्ये चार सदस्यले सरकारी निर्णय बदर गर्नुपर्ने राय दिएको थियो ।