गन्थन डेस्क
सर्वाेच्च अदालतले संसद पुनस्थापनाको फैसला गरेपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका छन् ।
पुस ५ पछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो । जसले अबको आगामी मार्गबारे छलफल गर्ने आंकलन गरिएको छ । सरकारको निर्वाचनमा जाने निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि प्रधानमन्त्री संकटमा छन् ।
ओली पक्षमा नेकपाका ४४ मध्ये १६ जना स्थायी समिति सदस्य रहेको बताइन्छ ।