पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सङ्घ, प्रदेश र स्थानीय तहले ध्यान दिएर कानून निर्माण गर्ने बाटो खोलिदिएको बताएका छन् ।
नेपाल कानून समाजद्वारा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय गर्न बनेको ऐनसम्बन्धी प्रतिवेदनमाथिको जुममार्पmत भएको छलफल कार्यक्रममा उनले कानूनले तीनै तहबीचको अन्तरसम्बन्धलाई स्पष्ट पारेको बताएका छन् ।
साथै प्रदेशसभामा विधेयक पेश भएपछि सबै प्रदेशसभा सदस्यलाई एक/एक प्रति उपलब्ध गराउने गरेको र केही कमीकमजोरी देखिए संशोधन प्रस्ताव राखिने गरेको उल्लेख गर्दै सरोकारवालासँगको समेत छलफलबाट कानून निर्माण गर्ने गरेको जानकारी दिए ।