पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सङ्घीयता कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहने बताएकी छिन् ।
नेपाल कानून समाजद्वारा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय गर्न बनेको ऐनसम्बन्धी प्रतिवेदनमाथिको जुममार्पmत भएको छलफल कार्यक्रममा उनले कानून निर्माणसँगै कार्यान्वयनमा जोड दिनुपर्ने बताईन् ।
निर्माण गरिएको कानूनले तीनै तहका सरकारबीच समन्वय र सहकार्य गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उपसभामुख शर्माले यसबाट मुलुकमा सुशासन कायम गर्दै समृद्धिको अभिायनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
नयाँ संविधानले व्यवस्था गरेअनुसार गठित न्यायिक समितिहरुले न्याय निरुपणका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै उनले कानून निर्माण गर्दा सम्बन्धित सरोकारवालाबीच छलफल गरी कानूनी क्षेत्रका विज्ञहरुको सल्लाह समेतका आधारमा प्रदेशसभाबाट कानून पारित गर्ने गरिएको जानकारी दिईन्।