औषधी व्यबसायी गण्डकीको अध्यक्षमा कृष्ण पाण्डे विजयी

पोखरा । नेपाल औषधी व्यबसायी संघ गण्डकीको अध्यक्षमा कृष्ण पाण्डे निर्वाचित भएका छन् ।

सोमबार पोखरामा सम्पन्न भएको प्रथम अधिवेशनमा अध्यक्ष प्रतिद्धन्दीद्धय चिरन्जीबी कुमार श्रेष्ठ र राम बहादुर केसीलाई पराजित गर्दै पाण्डे अध्यक्षमा विजयी भएका हुन्।

यस्तै वरिष्ठ उपाध्यक्षमा शिव बहादुर केसी विजयी भए । उनले प्रतिद्धन्दीद्धय दण्डपाणी शर्मा र मेघनाथ काफ्लेलाई पराजित गरे ।

उपाध्यक्ष थोक तर्फ झलक प्रसाद शर्मा विजयी भए । उनले महेश्वर पोखरेल (शिव)लाई पराजित गरे ।

उपाध्यक्ष थोकमा दायनिधी पौडेल निर्वाचित भए । भने भूपति गुरुङ पराजित बने ।

यस्तै महासचिवमा केसरी प्रसाद तिवारी विजयी बने । तिवारी निकटतम प्रतिद्धन्दी रामचन्द्र रेग्मीलाई पराजित गरे ।

उपकोषध्यक्षमा मोहन बहादुर थापालाई पराजित गर्दै अजित कुमार अग्रवाल विजयी बनेका छन् ।

कमेन्टहरु
Loading...