गेट पास प्रर्दशन हुने

पोखरा २२ पौष/आदीवासी जनजाति युवाहरु भर्तीका कारणले शैक्षिक रुपमा परेको प्रभाव विषयलाई केन्द्रिकृत गर्दै निर्माण गरिएको चलचित्र गेट पास प्रर्दशनीको तयारीमा छ । समन फिल्म प्रोडक्सनको पहिलो प्रस्तुति पिल्म गेट पासको प्रर्दशनी अन्र्तगत पहिलो प्रिमियर शो माघ ५ गते हङकङ्गमा हुने निर्माण पक्षले जनाएको छ । 

gate passहङकङमा पर्वतको अर्थरडाडाखर्क बाट आइ पोखरा बसोबास गरेका अर्थरवासीहरुको प्रयासमा निर्माण भइरहेको पञ्चकोशी अर्थर डाँडाखर्क समाज भवन सहयोगार्थ हुन लागेको अर्थरडाँडा खर्क सहयोग समिति हङकङका उपाध्यक्ष मनोज गुरुङले जानकारी दिए । हङकङ हेनरी जि लुङ कम्युनिटिको हलमा हुने पहिलो प्रमियर शोका लागि सम्पुर्ण तयारी भइरहेको उनले बताए । त्यसैगरि फिल्मलाई माघ १८ र २५ गते पोखराको बराहि सिनेमा हलमा ३ शो प्रर्दशन गर्न लागेको फिल्मका निर्माता तथा निर्देशक मनोज गुरुङले जानकारी दिए ।

यस लगत्तै स्याङजा, लम्जुङग, पर्वत, धरान, काण्ठमाडौँ, नवलपारासी, लगायत देशभर प्रर्दशन हुने उनले बताए । शान्ती गुरुङ, गौताम गुरुङ र मनोज गुरुङको संयुक्त लगानी रहेको फिल्ममा आदीवासी जनजाति युवाहरु लाहुरे प्रथाका कारण शिक्षा हासिल गर्न नसकेको यथार्थलाई कथामा समवेश गरिएको छ । गुरुङ सँस्कृतिमा अधारित रहे तापनि नेपाली भाषाको प्रयोग भएकाले सम्पुर्ण दर्शकले फिल्म हेर्न सक्ने निर्माण पक्षको भनाइ छ ।

गेट पासमा नव नायक सुरज गुरुङ, प्रतिक गुरुङ, र नवनायिका रिना गुरुङ, सोविन गुरुङले डेब्वु गरेका छन । त्यसैगरि फिल्ममा प्रतिक्षा गुरुङ, डिवि गुरुङ, मनोज गुरुङ लगायतको अभिनाय हेर्न सकिन्छ । निर्माण पक्षले फिल्मको प्रमोेशन स्वरुप गित र प्रोमो सार्वजानिक गरिसकेको छ । शशी रावतको स्वर रहेको एक मात्र गित समवेश फिल्मलाई गुरुङ फिल्ममा लामो समय निर्देशकको अनुभव बटुलेका माओत्से गुरुङले खिचेका हुन् भने जसु गुरुङले सहनिर्देशन गरेका छन। फिल्मलाई दिपेश गुरुङले सम्पादन गरेका छन भने सगुन श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

कमेन्टहरु
Loading...