पोखरा । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा परिषद्,जिल्ला युवा समिति कास्कीको अध्यक्षमा विवेक देवकोटा नियुक्त भएका छन् ।
अनेरास्ववियू केन्द्रिय कमिटी सदस्य समेत रहेका देवकोटा खेलकुद मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्को निर्णयबाट अध्यक्षमा नियुक्त भएका हुन् ।
अन्नपूर्ण गाउँपालिका लुम्ले स्थायी घर भएका उनी लामो समयदेखी विद्यार्थी राजनितिमा सक्रिय रहेका छन् ।
देवकोटा अनेरास्ववियू कास्कीको पूर्व अध्यक्ष समेत हुन् ।