नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहको राष्ट्रिय युवा संघमा विवाद चर्केको छ।
सोमबार पोखरा विन्दवासिनी पार्टी प्यालेसमा भएको भेलाले डिल्लीराम सुवेदीलाई संयोजक चयन गरेपछि असन्तुष्ट सुमहले विज्ञप्ती जारी गर्दै बुहसंख्यक जिल्ला सदस्यलाई बाहिर राखेर संयोजक चयन गरिएको दाबी गरेका छन् ।
युवा संघ कास्की सचिव रामचन्द्र तिमिल्सीनाद्धारा जारी विज्ञप्तीमा अराजक गतिविधि र ब्यक्तिगत अवसरबादबाट प्रेरित भई राष्ट्रिय अभियानलाई असफल बनाउने तत्वको संज्ञा दिदै युवाहरुलार्ई शसक्त प्रतिबाद गर्न आग्रह गरिएको छ ।
उक्त विज्ञप्तीमा २१ जनाले ऐक्यबद्धता जनाएका छन् ।
विन्दवासिनी पार्टी प्यालेसमा कार्यक्रम हुदै गर्दा कास्की क्षेत्र नं १ को भेला राखेर असन्तुष्ट समुहले क्षेत्रिय कमिटीलाई पुर्नगठन गरेको छ ।
विन्दवासिनी पार्टी प्यालेसको कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेकपा केन्द्रिय सदस्य तथा गण्डकी सह इन्चार्ज खगराज अधिकारी लगायतले सम्बोधन गरेका थिए ।